धादिङमा २ वटा बस ठाेक्किँदा १३ जना घाइते

 कात्तिक २१, २०८१ बुधबार १४:५२:१२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा यात्रुवाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाण्डौबाट गोरखातर्फ गुडिरहेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाण्डौतर्फ गुडिरहेको बा ५ ख ३४९५ नम्बरको बस ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रह्लाद सिलवालले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध पुनः गाडी सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया