चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो ।
यस वर्ष चियाकाे भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ । भारतमा चिया उत्पादन घटेकाले नेपाली चियाको माग र भाउ दुवै बढेको चिया सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष हर्कबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष किलोको ९० देखि एक सय रुपैयाँमा निर्यात गरेको चियाले यस वर्ष एक सय ६० देखि एक सय ६५ रुपैयाँ भाउ पाएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ । सीटीसी, अर्थर्डक्स र ग्रीन टीसहित नेपालमा वर्षेनि दुई करोड किलोभन्दा धेरै चिया उत्पादन हुन्छ ।
अघिल्ला वर्षहरूमा भारतमा आयातमा कडाइ गर्दा बिक्री गर्न समस्या हुने गरेकोमा यस वर्ष भारतमा उत्पादन घटेर माग बढ्दा नेपालबाट बिक्रीसँगै भाउ पनि बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।