लिभरपुल इङ्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा कायमै, सिटी ब्राइटनसँग पराजित

 कात्तिक २५, २०८१ आइतबार ६:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इङ्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टनभिल्लालाई २–० गोलले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । ११ खेलमा २८ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमै रहँदा ११ वटै खेलमा १८ अङ्क जोडेको एस्टनभिल्ला आठौं स्थानमा झरेको छ ।

गएराती नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई ब्राइटनले २–१ गोलले पराजित गर्‍याे । हारपछि पनि सिटी ११ खेलमा २३ अङ्कका साथ दोस्रो स्थानमै छ । ११ खेलमा १९ अङ्क बनाएको ब्राइटन चौथो स्थानमा छ ।

यस्तै उल्भ्सले साउथह्याम्पटनलाई र फूलहमले क्रिस्टल प्यालेसलाई समान २–० गोलले पराजित गरे । बेन्टफोर्डले बर्नमाउथलाई ३–२ गोलले पराजित गर्दा वेस्टह्याम र एभर्टनले गोल रहित बराबरी खेले ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया