चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको छ । घरेलु टोली वेस्ट इन्डिजले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।
इङ्ल्यान्डको जीतमा फिल साल्टले अविजित एक सय तीन र याकूब बेथेलले अविजित ५८ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोती र रोमारियो शेफर्डले समान एक विकेट लिए ।
त्यसअघि त्यसअघि ब्रीजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ३८ रन बनाए । इङ्ल्यान्डका साकिब महमूदले चार र आदिल रशीदले तीन विकेट लिए । यो जीतसँगै इङ्ल्यान्डले पाँच खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।