दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हरायो

 कात्तिक २५, २०८१ आइतबार १२:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । बङ्गलादेशले दिएको दुई सय ५३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर तीन बलमा एक सय ८४ रनमा आलआउट भयो ।

अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ५२ रन बनाए । बङ्गलादेशका नसुम अहमदले तीन विकेट तथा मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान दुई विकेट लिए ।

त्यसअघि युएईको शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७२ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ७६ रन बनाए । अफगानिस्तानका नङ्गेलिया खरोटेले तीन विकेट तथा एएम गजन्फर र राशिद खानले समान दुई विकेट लिए ।

यो जीतसँगै तीन खेलको एकदिवशीय शृङ्खला १–१ को बराबरी भएको छ । अब दुई देशबीचको तेश्रो तथा निर्णायक एकदिवशीय खेल भोलि हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया