पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा एकदिवसीय शृङ्खला जित्यो

 कात्तिक २५, २०८१ आइतबार १५:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

अस्ट्रेलियासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पाकिस्तानले जितेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै पाकिस्तानले एकदिवसीय शृङ्खला २–१ ले जितेको हो ।

अस्ट्रेलियाले दिएको १ सय ४१ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । पाकिस्तान सइम अयुबले ४२, अब्दुल्लाह शफिकले ३७ रन बनाए । अस्ट्रेलियाका लेन्स मरिसले २ विकेट लिए ।

यसअघि घरेलु मैदान पर्थमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ३१ ओभर ५ बलमा १ सय ४० रनमा अलआउट भयो । अस्ट्रेलियाका सेन अबोटले सबैभन्दा धेरै ३० रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदी र नसीम शाहले ३/३ विकेट लिए ।

एकदिवसीय शृङ्खलाको पहिलो खेल अस्ट्रेलियाले २ विकेटले जितेको थियो । यस्तै दोस्रो खेल पाकिस्तानले ९ विकेटले जितेको थियो ।

पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा एकदिवसीय शृङ्खला जितेको हो । यसअघि पाकिस्तानले सन् २००२ अस्ट्रेलियामा घरेलु टोलीसँगको एकदिवसीय शृङ्खला जितेको थियो ।

अब अस्ट्रेलिया र पाकिस्तानबीच आउँदो बिहीवारदेखि तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया