कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको पहिलो खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली १ विकेटले पराजित भएको छ ।
नेपाली युवा टोलीले दिएको १ सय १४ रनको लक्ष्य कर्नाटकको टोलीले ३२ ओभरमा ९ विकेट गुमाउँदै भेटायो । कर्नाटकका रोहितले ३३ रन बनाए । नेपाली टोलीका कप्तान हेमन्त धामी र सन्तोष यादवले ३/३ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाली युवा टोली २७ ओभर २ बलमा १ सय १३ रनमा अलआउट भयो । नेपालका आकाश त्रिपाठीले सबैभन्दा धेरै २७ रन बनाए । कर्नाटकको टोलीका पुथिगेले ५ विकेट लिए ।
नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेल्न लागेको हो । शृङ्खलाको दोस्रो खेल पर्सि शुक्रवार हुनेछ । यस्तै तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौं तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।
यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।