यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेले, स्पेनले स्विट्जरल्यान्डलाई हरायो

 मंसिर ४, २०८१ मंगलबार १०:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेलेका छन् । यो नतिजासँगै क्रोएशिया क्वार्टरफाइनलमा पुगेको छ । पोर्चुगलका लागि खेलको ३३ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे । क्रोएशियाका ओस्को ग्वार्डियोलले खेलको ६५ औँ मिनेटमा बराबरी गोल गरे ।

समूह ‘ए’ मा पोर्चुगल १४ अङ्कका साथ शीर्ष र क्रोएशिया ८ अङ्कका साथ दोस्रो स्थानमा छ । पोर्चुगल यसअघि नै क्वार्टरफाइनलमा पुगेको थियो । यही समूहको अर्को खेलमा स्कटल्यान्डले पोलान्डलाई २–१ गोलले हरायो ।

त्यस्तै समूह ‘डी’ को स्पेनले स्विट्जरल्यान्डलाई ३–२ गोलले हरायो । यसै समूहको अर्को खेलमा सर्बिया र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया