पाल्पाको रामपुरमा झुसिल कीराको प्रकोपले किसान समस्यामा

 मंसिर ५, २०८१ बुधबार ९:१६:५७ | रासस
unn.prixa.net

पाल्पा – पाल्पाको रामपुरमा काउली, बन्दा, साग, मुलालगायत तरकारी बालीमा झुसिल कीराको प्रकोप बढेको छ । कीराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनमा लागेका किसान समस्यामा परेका छन् ।

रामपुर नगरपालिका–६ की राधिका बस्यालले काउलीमा झुसिल कीराको प्रकोपले सताएको बताउनुभयो । उहाँले भन्नुभयो,‘बोट फस्टाएका छन् तर कीराको प्रकोपले फूल लाग्न पाएको छैन, कीरा मार्ने प्रयास गरे पनि समस्या उस्तै छ ।’

यस्तै रामपुर–५ राङभाङका टिकीसरा गौतमको काउलीमा पनि कीराले सताएको छ । व्यावसायिक उत्पादनमा लाग्नुभएकी उहाँलाई पनि उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ ।

झुसिल कीराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो ।

बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उहाँले बताउनुभयो । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको कृषि शाखाका प्रमुख गैरेले बताउनुभयो ।     

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया