शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी

 मंसिर १४, २०७५ शुक्रबार ११:२६:१६ | एजेन्सी
unn.prixa.net

शाहरुख खानको  ‘जिरो’ फिल्मको सेटमा आगो लागेको छ । मुम्बईको गोरेगाउँमा ‘जिरो’ को सेटमा आगो लाग्दा अभिनेता शाहरुख खान त्यही थिए । फिल्म ‘जिरो’ को सेटमा आगालागी भएको यो दोस्रो पटक हो । यस अघि फिल्म सिटीमा ‘जिरो’को सेटमा पनि आगोलागि सकेको थियोे ।

बिहीबार आगलागी हुँदा त्यस समयमा अभिनेता शाहरुख खान छायांकन गरिरहेका थिए भने बाँकी फिल्म युनिट पनि त्यहीँ उपस्थित थिए । साथै अभिनेत्री आलिया भट्ट पनि फिल्मको सेटमा उपस्थित थिइन् । एउटा लाईट सर्ट सर्किटका कारण आगो लागेको थियो । तर घटना घटेपनि त्यहा अहिलेसम्म कुनै पनि किसिमको मानवीय  क्षति भएको छैन ।

खबर गरे लगत्तै त्यहाँ दमकल पुगिसकेको थियो र आगो निभाउने कोसिसमा लागेको छ । आगलागी भयानक भए पश्चात्  ४ वटा दमकलको गाडीहरु बोलाइएको थियो । अभिनेता शाहरुख खान भने पूर्णरुपमा सुरक्षित छन् ।

शाहरुख खानको फिल्म ‘जिरो’मा अभिनेत्री अनुष्का शर्मा र कट्रिना केफ शाहरुखको जोडीको रुपमा रहेका छन् । यो फिल्म डिसेमबर २१ अर्थात् क्रिसमसको अवसरमा प्रदर्शनमा आउनेछ । आनन्द एल रायको निर्देशन रहेको यस फिल्ममा अभिनेता शाहरुख खान एक ४० वर्षीया पुड्का व्यक्तिको भूमिकामा रहेका छन् । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया