रजनीकान्तको फिल्म ‘२.०’ लिक, लिक गर्नेले नै दिए निर्मातालाई जानकारी

 मंसिर १४, २०७५ शुक्रबार १२:०:४९ | एजेन्सी
unn.prixa.net

साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको छ । यसले फिल्मका निमाृताहरुलाई घाटाका साथै ठूलो झड्का लागेको छ ।  फिल्म ‘२.०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो । 

अझै रोचक कुरा के छ भने पाइरेटेड वेबसाइट तमिलरकर्स आफैँले ट्वीटरमार्फत फिल्म निर्मातालाई चेतावनी दिँदै फिल्म ‘२.०’ लिक भएको जानकारी दिएको थियो । अभिनेता अक्षय कुमारले फिल्म निर्माताहरुलाई घाटा हुनबाट बचाउनका लागि आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको फिल्म नहेर्न अनुरोध गरेका छन् । 

फिल्म निर्माण यूनिटले फिल्मको छायांकनको बेलादेखि नै फिल्मका कुनै पनि जानकारीहरु, तस्बिर र भिडियोहरु लिक नहोस् भनेर धेरै सावधानी अपनाएको थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया