कीर्तिपुरमा क्रिकेट उत्सव : रुखमा चढेर खेल हेर्दै दर्शक (फोटो फिचर)

 मंसिर १५, २०८१ शनिबार १४:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डाै – पहिलो पटक शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको घुईंचो लागेको छ । बिहान खेल शुरु नहुँदै दर्शकको घुईंचो लाग्न थालेको थियो ।

सीमित सिट भएकाले सबै दर्शकले टिकट लिएर खेल हेर्न पाएनन् । त्यसैले कोही मैदान बाहिरै उभिएर र कोही भने मैदान वरपर रहेका रुखमा चढेर समेत खेल हेर्दैछन् ।

त्रिवि मैदान र वरपरको क्षेत्र क्रिकेटको कारण उत्सवजस्तै देखिएको छ । एनपीएललाई देश, विदेशमा रहेका क्रिकेटप्रेमीले निकै चासोपूर्वक लिएका छन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सले खेलिरहेका छन् । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया