सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट

 मंसिर २०, २०८१ बिहीबार १६:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो ।

काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०/१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।

काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाण्डौले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया