एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएकाे छ ।
लुम्बिनीले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पाेखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायाे । पाेखराका आन्द्रेस गाैसले कीर्तिमानी शतक बनाए । एनपीएलमा पहिलाे शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चाैकाकाे मद्दतमा १ सय ४ रन जाेडे । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए । यस्तै पाेखराका दिनेश खरेलले ६१ रन बनाए ।
एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी पनि हाे । यस्तै आन्द्रेस र दिनेशबीच एनपीएलकै उच्च रनकाे साझेदारी भएकाे छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किङ्ग्ससँगकाे खेलमा तेस्रो विकेटका लागि नटआउट १ सय १६ रनको साझेदारी गरेका थिए ।
यस्तै पोखराले पावरप्लेमा ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान पनि बनाएकाे छ । यसअघि जनकपुर बाेल्ट्सले कर्णाली याक्ससँगकाे खेलमा पावरप्लेमा कुनै विकेट नगुमाई ५६ रन बनाएकाे थियाे ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए । ५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।
याेसँगै पाेखराले प्रतियाेगितामा पहिलाे जीत हात पारेकाे छ । पाेखराले यसअघि लगातार दुई खेल हारेकाे थियाे । लुम्बिनीले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ ।
एनपीएलमा भाेलि पहिलाे खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स तथा दाेस्राे खेलमा दिउँसाे १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।