१९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बङ्गलादेशले खेल्ने

 मंसिर २२, २०८१ शनिबार ९:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बङ्गलादेशले खेल्ने भएका छन् । हिजो भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले पाकिस्तानलाई र दोस्रो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

बङ्गलादेशले पाकिस्तानलाई ७ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य बङ्गलादेशले २२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान ३७ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।

यस्तै अर्काे खेलमा भारतले श्रीलङ्कालाई ७ विकेटले हरायो । श्रीलङ्काले दिएको १ सय ७४ रनको लक्ष्य भारतले १ सय ७० बलअघि नै मात्र ३ विकेट गुमाएर भेटायो । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४६ ओभर २ बलमा १ सय ७३ रनमा अलआउट भयो । फाइनल खेल भोलि आइतवार हुनेछ ।

एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया