जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई दियो १ सय ३७ रनको लक्ष्य

 मंसिर २३, २०८१ आइतबार १०:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक सय ३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो ।

जनकपुरका कप्तान अनिल शाहले सबैभन्दा धेरै ४५ रन बनाए । यस्तै लाहिरु मिलान्थाले २४ रन र शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका अभिषेश गौतमले तीन विकेट लिए । यस्तै कप्तान रोहित पौडेल र साद बिन जफरले समान दुई तथा सन्दीप जोराले समान एक विकेट लिए । लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

जनकपुर तीन खेलमा छ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुछारमा छ ।

आज दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया