एनपीएलमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ६५ रनको लक्ष्य

 मंसिर २३, २०८१ आइतबार १४:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम राेयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो ।

चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ र रवि बोपाराले ३६ रन बनाए । सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिए ।

आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हरायो । लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरको लगातार चौथो जीत हो । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया