एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – भारतलाई हराउँदै १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधि बङ्गलादेशले जितेको छ । यूएईमा बङ्गलादेशले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा एक सय ३९ रन बनाउँदा अलआउट भयो ।
भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए । बङ्गलादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए । पहिले ब्याटिङ गरेको बङ्गलादेशका लागि मोहम्मद शिबाब जेम्सले ४० रन बनाए । भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले समान दुई विकेट लिए ।
बङ्गलादेशले पाकिस्तानलाई र भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भएको पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।