जय ट्रफी एलिट कप : मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ व...
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – इरानको १८ वर्ष मुनिको टोलीले काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हिजो भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हराएको छ ।
यसअघि हिजो एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–२ ले हराएको थियो । यस्तै हिजोको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकीलाई ३–१ ले हराएको थियो ।
काभा पुरुष च्याम्पियनशिपमा नेपालसहित चार देशका पाँच क्लब सहभागी छन् । आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । फाइनल मङ्सिर २९ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।