एनपीएलका लागि नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए

 मंसिर २४, २०८१ सोमबार ६:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।

धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् । यसअघि धवनले एनपीएलका दौरानमा पशुपतिनाथ दर्शन गरेका थिए । एनपीएलमा कर्णालीबाट चार खेल खेलेका धवनलेले एक अर्धशतकसहित १ सय ३६ रन बनाएका छन् ।

भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताएका छन् । धवनले चार खेलका लागि नै कर्णालीसँग अनुबन्ध गरेका थिए ।

यसैबीच एनपीएलमा आज कुनै पनि खेल छैन । भोलि चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दैछन् । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया