लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने प्रवृत्तिले प...
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले लामिछाने र रास्वपाको दाबी खण्डन गर्दै भ्रम नफैलाउन पनि सबैसँग आग्रह गरेको छ ।
भरतपुरमा बुधवार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ ।
चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘बयान भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भीड प्रवेश गर्न खोज्नेजस्ता कार्य भएको, हवाई उडानका लागि मौसम प्रतिकूल रहेको हुँदा उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको थियो ।’
प्रहरीले चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लैजान परेको उल्लेख गरेको छ ।
पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले जाँडरक्सी खाएको भन्ने आरोप भ्रामक, झुट्ठा र भ्रमपूर्ण रहेको पनि प्रहरीले जनाएको छ ।
रास्वपाले रवि लामिछानेलाई पोखरा लैजाँदा मानव अधिकारको हनन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।