एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको छ । पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।
कर्णालीका लागि सबैभन्दा धेरै गुल्सन झाले अविजित ४९ रन बनाए र यस्तै चाडविक वाल्टनले ४२ रन बनाए । पोखराका विपिन कार्की र सागर ढकालले समान एक विकेट लिए ।
त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा एक सय तीन रनमा अलआउट भयो । पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । यस्तै आन्द्रेस गाैसले २५ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।
आजको जीतसँगै कर्णाली पाँच खेलमा छ अङ्कसहित चौथो स्थानमा छ भने चार खेलमा दुई अङ्कसहित पोखरा साताैं स्थानमा छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा भोलि बिहान नौ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा दिउँसो एक बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।