तराई क्षेत्रमा बाक्लो हुस्सु : आजका उडान प्रभावित

 मंसिर २५, २०८१ मंगलबार १६:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – तराई क्षेत्रमा बाक्लो हुस्सुले आज उडान प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण विराटनगर विमानस्थलमा अहिलेसम्म उडान अवतरण हुन सकेको छैन भने जनकपुर विमानस्थल दिउँसो साढे तीन बजेदेखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने अरू भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल दिउँसोपछि मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा हिजो पनि कुनै उडान भएनन् ।

बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलमा उडान प्रभावित भएको प्रवक्ता शेर्पाले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरू आन्तरिक र बाह्य उडान अवतरण भने नियमित रूपमा सञ्चालन भइरहेका छन् ।     

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया