एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ ।
यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीसँग खेल्नेछ । प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ ।
च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल यही मङ्सिर २९ गते आउने शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।