एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जीतका लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनायो । उसका लागि बिनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । सुदूरपश्चिममा किशोर महतोले चार तथा शेर मल्ल र अरनिको यादवले समान दुई/दुई विकेट लिए ।
जनकपुर बोल्ट्स यसअघि आफ्ना चार वटै खेलमा विजयी हुँदै आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसैगरी चार खेलमा तीन वटा जितेको सुदूरपश्चिम रोयल्स छ अङ्कसहित दोस्रो स्थानमा छ ।
आज हुने दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।