काठमाण्डाैले जनकपुरलाई दियाे १ सय २ रनकाे लक्ष्य

 मंसिर २७, २०८१ बिहीबार १४:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई १ सय २ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाण्डौका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशी र शेर मल्लले ३/३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।

जनकपुर ५ खेलमा ८ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । काठमाण्डाै ४ खेलमा ४ अङ्कसहित पाँचाैं स्थानमा छ ।

यस्तै एनपीएलमा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई 'सुपर ओभर' मा हराउँदै दोस्रो जीत हात पारेको छ । पोखराले विराटनगरलाई १३ रनले हरायो ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया