पाकिस्तानसँगको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले एक खेलअघि नै जित्यो

 मंसिर २९, २०८१ शनिबार ६:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । गएराति भएको दोस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक खेलअघि नै शृङ्खला जितेको हो ।

पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका रेजा हेन्ड्रिक्सले १ सय १७, रसी भान डेर डसेनले नटआउट ६६ रन बनाए । पाकिस्तानका जहन्दाद खानले २ विकेट लिए ।

यसअघि सेन्चुरनको सुपरस्पोर्ट पार्कमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनायो । पाकिस्तानका सइम अयुबले नटआउट ९८ रन बनाए । दक्षिण अफ्रिकाका डायान गलिम र ओटनियल बार्टम्यानले २/२ विकेट लिए ।

पहिलो खेल दक्षिण अफ्रिकाले ११ रनले जितेको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आजै राति हुनेछ ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया