मोरङ्गको शनिश्चरेका महिला सँगिनी र बालन नाच संरक्षणमा

 मंसिर ३०, २०८१ आइतबार १२:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मोरङ्गको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर तीन शान्ति टोलका महिलाहरू सँगिनी र बालन नाच संरक्षण र पुस्तान्तरणका निम्ती जुटिरहेका छन् । ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणका कार्यक्रम गरिरहेको छ ।

नेपाली मौलिक संस्कृति झल्कने नाचहरु लोप हुँदै गएकाले आफूहरुले जोगाउने अभियान थालेको समूहकी अध्यक्ष देवीमाया पोखरेलले बताउनुभयो । समूहले नयाँ पुस्तामा जानकारी दिन हरेक हप्ताको मङ्गलवार बेलुका सँगिनी प्रशिक्षण कार्यक्रम गरिरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

समूहले गएको चार वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीयस्तरमा मात्रै होइन मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् ।

सामूहिक रूपमा सुरुआत गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया