खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाजमा विवाह गरेका हुन् ।
विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको आयोजना पनि गरिएको थियो । डिसेम्बर १ मा सम्पन्न विवाहमा प्रियंका र निकले डिजाइनर राल्फ लोरेनले डिजाइन गरेको पहिरन लगाएका थिए । क्रिश्चियन विवाहपछि डिसेम्बर २ मा यो जोडीले हिन्दु परम्परा अनुसार विवाह गर्नेछन् ।
विवाहमा नजिकका साथीभाइ र आफन्तहरुलाई मात्रै बोलाइएको छ । विवाहका तस्बिर लिक नहुन् भन्नका लागि विवाहस्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ ।
प्रियंका र निकले सार्वजनिक गरे मेहन्दीका तस्बिर
क्रिश्चियन परम्परा अनुसार विवाह सम्पन्न भए पश्चात प्रियंका चोपडा र निक जोनसले विवाहका क्रममा मेहन्दी लगाएका केही तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।
विवाह स्थलमै भयो झडप
प्रियंका र निकको विवाहमा गएका मिडियाकर्मी र बाउन्सरबीच झडप भएको छ । प्रियंका र निकको बिवाह गएका पत्रकारहरुको क्यामेरामा बाउन्सरले नोक्सान पुर्याउन खोजेपछि झडप भएको हो । त्यसपछि जोधपुरबाट प्रहरी विवाद शान्त बनाउन विवाहस्थलमा पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।