एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने
पुस १९, २०८१ शुक्रबार
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको रोशीमा गएको असोज दोस्रो हप्ताको बाढी पहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडित परिवारलाई संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले राहत रकम प्रदान गरेको छ ।
डब्ल्यूएफपीको नेपालमा रहेको कार्यालयमार्फत राहत रकम प्रभावित परिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ । बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो । चार सय ८२ घर पूर्णरूपमा तथा आठ सय ८३ घर आंशिकरूपमा क्षति पुगेको थियो ।
डब्ल्यूएफपीले पीडित परिवार सङ्ख्याका आधारमा राहतस्वर"प सरकारको बाढी पहिरो पीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार १५ हजार तथा २० हजार रुपैयाँका दरले नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
उहाँले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।