मधेश प्रदेश भूमि मन्त्रालयकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ ज...
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाण्डौमा शुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश–२०८१ र संसदमा दर्ता भएका विधेयकमाथि छलफल केन्द्रित छ ।
बैठकले सहकारीसम्बन्धी अध्यादेश र संसदमा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकमा रिक्त स्थानिय तहमा मङ्सिर १६ मा भएको उपचुनावको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम पनि तय भएको छ । बैठकको दोस्रो दिन भोलि संविधानको परिमार्जन सम्बन्धमा छलफल गर्ने कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।
त्यस्तै रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे छलफल हुनेछ ।
यस्तै केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवम् केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापति डोरप्रसाद अर्याल हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।