जय ट्रफी : आर्मीसँग मधेस फलोअनमा, पुलिससँग बागमती कमजोर

 पुष २७, २०८१ शनिबार १७:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – जय ट्रफी एलिट कप क्रिकेटमा चौथो र पाँचौ खेलको पहिलो दिनको खेल सकिएको छ । पहिलो दिनको खेल सकिँदा बागमती प्रदेशले दोश्रो पारी शुरुवात गरेको छ । बागमतीले दोश्रो पारीमा चार ओभरमा आठ रन जोडेर कुनै पनि विकेट गुमाएको छैन ।

जनकपुरको रामजानकी क्रिकेट मैदानमा बागमती पहिलो पारीमा एक सय १२ रन बनाउँदा अलआउट भयो । बागमतीका इसान पाण्डेले सबैभन्दा धेरै ७१ रन बनाए । यस्तै प्रतिक श्रेष्ठले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसका ललित राजवंशीले चार विकेट लिए । यस्तै श्रवन यादवले तीन तथा कुशल भुर्तेलले दुई विकेट लिए ।

यस्तै पुलिसले पहिलो पारीमा ४५ ओभर पाँच बलमा दुई सय १५ रनमा अलआउट भयो । पुलिसका अमित श्रेष्ठले सबैभन्दा धेरै ७९ रन बनाए । यस्तै अजुर्न साउदले ७७ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै नन्दन यादव र प्रतिश जीसीले समान दुई विकेट तथा रिजन ढकालले एक विकेट लिए ।

यसैगरी वीरगञ्जको नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मीसँगको खेलमा मधेस प्रदेश फलो अनमा परेको छ । आर्मीले पहिलो पारीमा दुई सय २५ रन बनाउँदै पहिले पारी समाप्तिको घोषणा गर्‍यो । आर्मीका बसिर अहमदले सबैभन्दा धेरै ६७ रन बनाए । यस्तै भिम सार्कीले ५२ रन र इमारान शेखले ४२ रन बनाए । मधेसका रञ्जित कुमारले पाँच विकेट लिए । यस्तै प्रदीप पाश्वानले दई तथा अभिषेक तिवारी र हरिशङ्कर शाहले समान एक विकेट लिए ।

त्यसपछि ब्याटिङमा आएको मधेस ३५ ओभर पाँच बलमा एक सय दुई रनमा अलआउट भयो । मधेसका कप्तान हरिशङ्कर शाहले सबैभन्दा धेरै ३१ रन बनाए । आर्मीका शाहव आलामले छ विकेट लिए । यस्तै सोमपाल कामी, आकाश चन्द, बसिर अहमद र पवन कार्कीले समान एक विकेट लिए । आर्मीले बनाएको रनको आधा पनि नबनाएपछि मधेशले फेरि ब्याटिङ गर्न थालेको छ । उसले आजको खेल सकिँदा एक ओभरमा दुई रन बनाउँदा कुनै पनि विकेट गुमाएको छैन ।

प्रतियोगितामा हरेक टोलीले पहिलो पारीमा ६० ओभर खेल्न पाउनेछ । प्रतियोगितामा चार वटा टोली छन् । पुलिस दुई ४० अङ्कसहित तालिकाको शीर्ष, आर्मी ३० अङ्कसहित दोस्रो, बागमती २८ अङ्कसहित तेश्रो र मधेस २१ अङ्कसहित पुछारमा छ । प्रतियोगितामा प्रारम्भिक चरणका खेल दुई दिवसीय ढाँचामा गरिएको छ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय ढाँचामा हुनेछ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया