इजरायलका प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच गाजा युद्धविराम तयारीबारे छलफल

 पुष २९, २०८१ सोमबार ६:४०:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजा युद्धविराम र बन्धक सम्झौताको लागि भइरहेको वार्ताको प्रगतिबारे छलफल भएको छ ।

नेतान्याहुको कार्यालयले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई कतारमा भइरहेको बन्धक रिहाइसम्बन्धी  वार्तामा भएको प्रगति र युद्धविराम सम्झौताका लागि वार्ता टोलीलाई इजरायलले दिएको जनादेशबारे जानकारी गराउनुभएको उल्लेख छ ।

उहाँले कतारमा चलिरहेको वार्तामा हिजो बसेको इजरायली मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठक सकारात्मक भएको र यस हप्ताको अन्त्यसम्ममा शान्ति सम्झौताबारे टुङ्गो लाग्नेमा आशावादी रहेको बताउनुभएको छ ।

यसैबीच ह्वाइट हाउसले पनि राष्ट्रपति बाइडेन र नेतान्याहुले दोहामा भएको वार्तामा अमेरिकी राष्ट्रपतिले ‘मे’ महिनामा राखेको प्रस्तावको आधारमा छलफल भएको सीएनएनले जनाएको छ । बाइडेनले फेरि गाजामा तत्काल युद्धविराम, बन्धकहरूलाई फिर्ता गर्न र मानवीय सहायता बढाउन आह्वान गर्नुभएको छ ।

गएको नोभेम्बरमा लेबनानमा भएको युद्धविराम, त्यसपछि सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको शासनको पतन र यस क्षेत्रमा इरानको कमजोर स्थितिको बारेमा पनि बाइडेन र नेतान्याहुले समीक्षा गर्नुभएको खबरमा उल्लेख छ ।

अघिल्लो वर्षको अक्टोबरपछि बाइडेन र नेतान्याहुबीच पहिलोपल्ट सार्वजनिक रुपमा औपचारिक भेटवार्ता भएको हो । गएको वर्ष ‘मे’ महिनामा बाइडेनले राख्नुभएको शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरेको थियो ।

यसै सन्दर्भमा युद्धविराम सम्झौता प्रस्तावका प्रमुख आलोचकहरूलाई वार्तामा बोलाउने प्रयासका लागि बाइडेन रनेतान्याहुबीच भेटवार्ता भएको हो ।

 इजरायली प्रधानमन्त्री नेतान्याहुले वर्तमान अमेरिकी प्रशासन र आउँदै गरेको डोनाल्ड ट्रम्प प्रशासन दुवैबाट युद्धविराम सम्झौतामा पुग्न दबाब  सामना गरिरहनुभएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया