रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

 पुष २९, २०८१ सोमबार ८:२०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनी सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । रियल मड्रिडलाई ५–२ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । योसहित बार्सिलोनाले १५ औं पटक स्पेनी सुपरकपको उपाधि जितेको छ ।

साउदी अरेबियाको जेद्दामा भएको खेलमा रियल मड्रिडले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । तर पछि बार्सिलोनाले ५–२ गोलको जीत प्राप्त गर्‍याे ।

५६ मिनेटमा गोलकिपर वज्शियक रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर १० खेलाडीमा सीमित भएपछि बार्सिलोनाविरूद्ध रियलले गोल गर्न सकेन । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया