च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा

 पुष २९, २०८१ सोमबार १३:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको हो ।

कमिन्सले व्यक्तिगत कारणले जनवरी र फेब्रुअरीमा श्रीलङ्कामा हुने टेस्ट शृङ्खला गुमाउने भए पनि फेब्रुअरी १९ देखि पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुने एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अष्ट्रेलियाको नेतृत्व गर्नेछन् । टोलीमा अनुभवी तीव्र गतिका बलर जोस हेजलवुड पनि समावेश छन् ।

अष्ट्रेलियाले यसअघि २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो। नवौं संस्करण २०१७ पछि पहिलो पटक आयोजना हुँदैछ ।

अष्ट्रेलियाले समूह चरणमा अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यो च्याम्पियन्स ट्रफी मुख्य रूपमा पाकिस्तानमा आयोजना हुनेछ भने भारतसँगको खेलहरू राजनीतिक कारणले संयुक्त अरब इमिरेट्समा खेलाइने छन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया