१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी यसरी गर्दैछ (तस्वीरहरू)

 पुष २९, २०८१ सोमबार १३:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिकाे नेपाली महिला टाेलीले अहिले मलेसियामा आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गरिरहेकाे छ ।

तयारीअन्तर्गत अहिले नेपाली टाेलीले वेस्ट इन्डिजसँग अभ्यास खेल खेलिरहेकाे छ । यस्तै नेपाली टाेलीले दाेस्राे अभ्यास खेलमा पर्सि माघ २ गते अमेरिकासँग खेल्नेछ ।

विश्वकपका लागि पूजा महताेकाे कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीको प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

तस्वीरहरू : क्यान

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया