‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
नर्वेमा गएको वर्ष बिक्री भएका नयाँ गाडीमध्ये ९० प्रतिशत विद्युतीय रहेका छन् । नर्वेजियन रोड फेडरेशन (ओएफभी) को तथ्यांकले गएको वर्ष बिक्री भएका ८८.९ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको जनाएको छ ।
त्यसअघि सन् २०२३ मा नर्वेमा कुल कार बिक्रीक्रिको ८२ प्रतिशत विद्युतीय थिए । नर्वेका धेरैजसो गाडी बिक्रेताले समेत अब पेट्रोलियम पदार्थबाट चल्ने गाडी बिक्री गर्न छाडेका छन् ।
ओस्लोको हाराल्ड ए मोलरले ७५ वर्षभन्दा लामो समयदेखि फक्सवागन कार आयात गर्दै आएकोमा अब बिदाइ गरेको जनाएको छ । अब यसको शोरूममा बिक्रीका लागि सबै गाडी विद्युतीय छन् ।
५५ लाख जनसंख्या भएको देश नर्वे पेट्रोलियम गाडी हटाएर पूर्ण विद्युतीय गाडी भएको विश्वको पहिलो देश बन्ने लक्ष्यमा रहेको छ । गएको वर्ष नर्वेको सडकमा विद्युतीय कारहरूको संख्या पहिलो पटक पेट्रोलबाट चल्ने कारहरूको संख्याभन्दा धेरै थियो । कुनै कुनै महिना नर्वेमा बिक्री हुने गाडीमध्ये ९८ प्रतिशसम्म विद्युतीय हुने गरेका छन् ।
नर्वेमा पेट्रोल पम्प विस्थापित भएर पम्पको ठाउँमा चार्जिङ स्टेशनहरू बनेका छन् । २७ हजार वटा सार्वजनिक चार्जिङ स्टेशन रहेका सरकारले जनाएको छ ।
नर्वेले सन् १९९० देखि नै विद्युतीय गाडीमा जोड दिँदै आएको छ । पेट्रोलियम कार र गाडीमा चर्को कर लाग्ने गरेको छ, विद्युतीय कारमा भने कर र पार्किङ शुल्क छुट छ भने बस गुड्ने लेनमा पनि विद्युतीय गाडी गुडाउन मिल्ने सुविधा छ । नर्वेले यसै अंग्रेजी वर्ष अर्थात् सन् २०२५ को जुनसुकै बेला गैरविद्युतीय कारको बिक्री रोक्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।
युरोपेली संघ र अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा चर्को शुल्क लगाए पनि नर्वेले लगाएको छैन । युरोपेली संघले सन् २०३५ सम्ममा नयाँ जीवाश्म इन्धनको कार बिक्रीमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । बेलायतमा गएको वर्ष २०२४ मा नयाँ कार दर्ताको २० प्रतिशत मात्र विद्युतीय कारहरू थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।