विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डौ – खो–खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो–खोे विश्वकपअन्तर्गत भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको हो ।
भारतले पहिलो सबै ४२ अङ्क अट्याकबाट जोड्दा नेपालले ३६ अङ्क अट्याकबाट र १ अङ्क डिफेण्डबाट प्राप्त गरेको थियो । पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अङ्क जोडेको थियो ।
त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अङ्क जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अङ्क जोड्दा नेपालले डिफेण्डबाट १ अङ्क जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अङ्क जोडेको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आज पेरुसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।