१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाण्डौ–तराई मधेश द्रुतमार्ग अर्थात् (फास्ट ट्र्याक) आयोजनाको आज निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणका क्रममा भइरहेको काम र प्रगति अवस्थाबारे जानकारी लिनुभयो ।
राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिनुभएको हो । राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।
निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको अवधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशनसमेत दिनुभयो । काठमाण्डौ–ललितपुर–मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोड्ने गरी फास्ट ट्र्याक निर्माण भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।