पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र

 मंसिर १८, २०७५ मंगलबार ९:२८:१ | रासस
unn.prixa.net

अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् ।

पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका हुन् । अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ । 

पत्रमा ट्रम्पले अफगानिस्तान समस्या समाधान गर्ने विषयलाई आफूले अत्यन्त महत्वपूर्ण रुपमा लिएको र प्राथमिकतामा पारेको पनि जानकारी दिएका छन् । “यो कामको लागि पाकिस्तानले महत्वपूर्ण भूमिका र सहयोग गर्न सक्दछ, त्यो अपेक्षा गरिएको छ,” ट्रम्पले पठाएको पत्रमा लेखिएको छ । 

ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकूहरुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायहरुले सहयोग गर्दै आएको ठानेको छ । भारतलाई दवावमा पार्नका लागि पाकिस्तानले अफगानी तालिबान लडाकूलाई सयोग गरेको अमेरिकाको बुझाई रहेको बताउने गरिन्छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया