भारतले ७६औं गणतन्त्र दिवस मनायाे (तस्वीरहरू)
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – अहिले मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहर चलिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा भोलिसम्म शीतलहर चल्ने अनुमान छ । बाँकी तराईका धेरै ठाउँमा आज पनि हुस्सु/कुहिरो लागेको र दिउँसोपछि केही खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी पहाडी र हिमाली भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
महाशाखाले तराई मधेशमा चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको सुनसरीको कोशी गाउँपालिका–७ का झगडु सदाले बताउनुभयो ।
अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । चिसो र शीतलहरको कारण आफूहरु जोखिममा परेको सर्लाहीको बसवरिया गाउँपालिका–३ मुसहर माझी बस्तीकी जोनिता माझीले बताउनुभयो ।
तराई मधेशका सबैजसो जिल्लामा चिसोको समस्या छ । तराई/मधेशमा हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन प्रभावित बनिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने चिसो घटिरहेको छ ।
पश्चिमी वायुको प्रणाली कमजोर हुँदा चाँडै चिसो घटेको मौसमविद् सुदर्शन हुमागाईंले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अघिल्लो वर्षको यही समयको औसत तापक्रम भन्दा यस वर्ष औसत तापक्रम ५ दशमलव दुई डिग्री सेल्सियसले बढेको छ । यो क्रम सबैजसो पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ ।
यसपटक हिउँद सुक्खा भएको छ । बितेका केही वर्षदेखि नै नेपालमा हिउँद सुक्खा हुन थालेको छ । यसैबीच तराईमा चिसो र बाँकी भागमा तातो बढे पनि वायु प्रदूषण सबैतिर बढेको छ ।
हिउँदे वर्षा नभएकोले सुक्खा हावामा प्रदूषणको मात्रा बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो ।
अहिले हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ७४ रहेको काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीको नवौँ स्थानमा छ । एक्यूआई एक सय ५० भन्दा धेरै भएको हावालाई अस्वस्थर मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।