भारतले ७६औं गणतन्त्र दिवस मनायाे (तस्वीरहरू)
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – सिंहदरबारमा रहेको दिवा शिशु स्याहार केन्द्रका कारण कर्मचारीलाई सन्तान हुर्काउन सहज भएको छ । घरमा बालबालिका हेर्ने मानिस नहुने कर्मचारीका लागि स्याहार केन्द्र सजिलो माध्यम भएको हो ।
श्रीमान् र श्रीमती दुवै जागिरे हुँदा घरमा बच्चाको स्याहार गर्ने मानिस नभएकोले सेवा केन्द्र्रमा राख्ने गरेको राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत पवित्रा केसीले बताउनुभयो । केन्द्रमा स्वस्थकर खाना र राम्रो स्याहार हुने भएकोले ढुक्क हुने गरेको उहाँको भनाइ छ । उहाँले सरकारले यस्ता दिवा केन्द्र अरु ठाउँमा पनि खोल्नुपर्ने बताउनुभयो ।
दिवा शिशु स्याहार केन्द्र २०६७ सालमा निजामती कर्मचारी श्रीमती सङ्घद्वारा व्यवस्थापन हुनेगरी सञ्चालनमा ल्याइएको हो । केन्द्रकी व्यवस्थापक शान्ति थापाका अनुसार बालबालिकालाई तीन प्रकारले वर्गीकरण गरिएको छ ।
तीन महिनादेखि एक वर्ष, एक वर्षदेखि दुई वर्ष र दुई वर्षदेखि तीन वर्षसम्मका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था छ । अहिले केन्द्रमा पूर्ण क्षमतामा ७५ जना शिशु छन् । ४० जना बालबालिका प्रतिक्षा सूचीमा छन् । उमेरअनुसार खाना दिइन्छ भने बेलाबेलामा आएर आमाहरुले स्तनपान गराउने गर्छन् । अभिभावकले महिनाको दुई हजार रुपैयाँ तिर्नुपर्छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्र सञ्चालनका लागि यो वर्ष ७० लाख रुपैयाँ बजेट दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।