प्रदेश नम्बर २ मा कुपोषणको समस्या बढ्दो

 मंसिर १८, २०७५ मंगलबार १३:५७:३३ | रासस
unn.prixa.net

पर्सा – पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नम्बर २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।

कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले बताउनुभयो ।

प्रदेश नम्बर २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ । जुन सङ्ख्या प्रदेश नं २ मा उच्च रहेको छ । 

गर्भवती महिला र बालबालिकामा पोषण तत्वको अभावको कारण मानसिक तथा शारीरिक विकासमा कमी आउनुजस्ता समस्या भयावह रहेको बताइएको छ । समुदायमा पोषण शिक्षाबारे जनचेतना फैलाउन नसक्नु, अति गरीब समुदायका बालबालिकाको उचित स्याहारसुसार नहुनु, पोषिलो खानाको अभावको कारण यो रोग लाग्ने गरेकाले यसको प्रचारप्रसार समुदायस्तरमा हुनुपर्नेमा संस्थाले जोड दिएको छ । 

प्रदेश नम्बर २ मा बिसिजी सुईको अभावको कारण ५७ दशमलब ८ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ । प्रदेशमा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत मात्र रहेको छ । प्रदेश नम्बर २ मा देखिएको कुपोषणको भयावह समस्यालाई सामाधान गर्न सङ्घीय सरकार प्रदेश सरकारमार्फत यो कार्यक्रम ल्याएर देखिएको कुपोषणसम्बन्धी समस्या समाधान गर्न सक्रिय रही यो कार्यक्रमलाई ग्रामीणस्तरसम्म पुर्‍याउन थालेका छन् ।

 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया