तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
माघ १७, २०८१ बिहिबार
झापा – झापाकाे बिर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ ।
नगरपालिकाका उपमेयर नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ ।
नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उपमेयर सङ्ग्राैलाले बताउनुभयो । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २६, बन्दागोवी २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, भान्टा २६, सिमी ४६, काँक्रा २५, भिन्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेँडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटरको ३० रुपैयाँ कामय गरेको उहाँले जानकारी दिनुभयो ।
सङ्ग्राैलाले बजार मूल्यभन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताउनुभयो । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उहाँले बताउनुभयो । ‘किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा त्याे मूल्य बराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ, यसो हुँदा किसानलाई घाटा हुँदैन ।’ यसै वर्षदेखि तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपमेयर सङ्ग्रौलाले बताउनुभयो । अहिले बिर्तामोडका ६ वटा वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।
उपमेयर सङ्ग्राैलाले बिर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि बिर्तामोड–७ को वडा कार्यालय नजिकै ९० लाख रुपैयाँभन्दा धेरैको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताउनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।