कोशी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

 माघ २९, २०८१ मंगलबार ८:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका अरु ठाउँमा मौसम सामान्यतया सफा छ ।

२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थामा आंशिक बदली भन्ने गरिएको छ । यस्तै २५ प्रतिशतसम्म आकाशमा बादल लागेमा मौसम सफा रहेको मानिन्छ ।

पश्चिमी न्यूनचापीय प्रणाली वायुमण्डलीय प्रणाली हो, जसले पश्चिमी क्षेत्रबाट पूर्वतर्फ सर्ने क्रममा दक्षिण एशियाली क्षेत्र विशेष गरी भारत, पाकिस्तान, नेपाल र आसपासका देशमा मौसममा महत्त्वपूर्ण परिवर्तन ल्याउने गर्छ । 
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया