ब्रिक्स शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा हुने

 फागुन ४, २०८१ आइतबार १२:२८:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलले ब्रिक्स शिखर सम्मेलनको मिति घोषणा गरेको छ । ब्रिक्स नेताहरूको शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा राजधानी रियो दि जेनेरियोमा हुने विदेशमन्त्री माउरो भिएराले बताउनुभएको छ । उहाँले ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखलाई स्वागत गर्ने गरी तयारी थालिएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ब्राजिलले सन् २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहको नेतृत्व गरिरहेको छ ।

ब्रिक्स शुरुमा सन् २००९ मा ब्राजिल, रूस, भारत र चीनले स्थापना गरेका थिए । दक्षिण अफ्रिका सन् २०१० मा सामेल भएको हो । ब्रिक्समा अहिले १० पूर्ण सदस्यहरू छन् । 

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया