चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै

 फागुन ८, २०८१ बिहीबार ६:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तानले खेल्दैछन् ।

आजको पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् ।

म्यानमार र नेपालले सोमवार भएको आफ्नो पहिलो खेल जितेका थिए । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई एक गोलले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।

त्यसैले आजको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया