बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

 चैत २, २०८१ शनिबार १८:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा गएराति भएको झडपपछि प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।

एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुडा भएको थियो । आज दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई मुक्त गरेको छ ।

बालसुधार गृहमा २ सय ५० बालबन्दी रहेका छन् । यही  बालसुधार गृहमा गएको वर्ष पनि झडप भएको थियो । दुई समूहबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया