इटहरीको सेन्ट्रल प्लाजामा लागेकाे आगाे ६ घण्टापछि नियन्त्रणमा

 चैत १३, २०८१ बुधबार १६:७:३७ | रासस
unn.prixa.net

सुनसरी – इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान साढे ९ बजे शुरू भएको आगलागी झन्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम्र प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न पालिकाका १२ वटा दमकल तथा झन्डै तीन सय जनाको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उहाँले बताउनुभयो ।

के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाण्डाैबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको उद्धार भएको थियो ।

प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकाहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया