शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न प्रबुद्ध नागरिक भेलाको अपील

 चैत १५, २०८१ शुक्रबार १३:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रबुद्ध नागरिक समूहको अन्तरक्रियात्मक भेलाले राजावादीको आन्दोलनका सन्दर्भमा ६ बुँदे अपील जारी गरेको छ । उनीहरूले सरकार पक्षबाट यथाशीघ्र वार्ता, संवाद र सहमतिको लागि आह्वान गरेका छन् ।

अपीलमा नागरिकको शान्तिपूर्ण आवाज र मागकाविरुद्ध राजनीतिक नेतृत्व र सरकारी तहबाट प्रतिकारात्मक गतिविधि एवम् बल प्रयोग नगर्न अनुरोध गरिएको छ । परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था आएमा त्यसको जिम्मेवार सरकार स्वयम् हुनेतर्फ सचेत पनि गराइएको छ ।

भेलामा केही उद्योगी/व्यवसायी, कलाकार, सञ्चारकर्मी, उद्यमी तथा पूर्वआईजीपी सर्वेन्द्र खनाललगायत सहभागी थिए । आज काठमाण्डौमा गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया